Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • अर्थमन्त्री शर्माको गुनासो – हेजिङ चाहिन्छ भन्दा राष्ट्र बैंक र कर्मचारीले कुरै बुझेनन्

    अर्थमन्त्री शर्माको गुनासो – हेजिङ चाहिन्छ भन्दा राष्ट्र बैंक र कर्मचारीले कुरै बुझेनन्

    अनलाइन नेपाल
  • शुक्रबार, २४ भाद्र २०७९
  • 906
    SHARES

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालका ठूला परियोजनामा विदेशी लगानी भित्र्याउने हेजिङको विषयमा राष्ट्र बैंक र कर्मचारीहरूले नबुझेको बताएका छन् ।

    शुक्रवार नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।



    आफू ऊर्जामन्त्री भएको बेला नेपालमा हेजिङको आवश्यकता देखेर हेजिङ चाहिन्छ भन्दा मन्त्रीले देश बर्बाद बनायो भन्ने आरोप लागेको समेत गुनासो गरे ।



    नेपालका ठूला परियोजनामा विदेशी लगानी भित्र्याउन हेजिङ आवश्यक भनेर नियमवाली बनाउने कुरा अगाडि बढे पनि राष्ट्र बैंकलाई ब्युरोक्रेसी बुझाउन नसक्दा ठूलो लडाइँ लडेर अहिले मन्त्रिपरिषद्‍बाट हेजिङ सम्बन्धी नियमावली पास भएको उनले बताए ।

    उनले आफ्नो देशमा भएको स्रोत प्रयोग नगरी कुनै पनि देशमा लगानी बढ्न र पुँजी निर्माण गर्न नसक्ने दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार