Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • टीकापुर हत्याकाण्डसम्बन्धी मुद्दा खारेजीका प्रक्रिया अघि बढाउने सरकारको तयारी

    टीकापुर हत्याकाण्डसम्बन्धी मुद्दा खारेजीका प्रक्रिया अघि बढाउने सरकारको तयारी

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ भाद्र २०७९
  • 792
    SHARES

    काठमाडौं । सरकारले टीकापुर हत्याकाण्डसम्बन्धी मुद्दा खारेजीका प्रक्रिया अघि बढाउने भएको छ ।

    भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टीकापुर घटना सम्बन्धमा कानुन संशोधन गरी मुद्दा खारेज गर्ने निर्णय गरेको हो ।



    ‘टीकापुर काण्डमा धेरै छलफल भयो । त्यसमा कानुन संशोधन गरेर सरकारले मुद्दा फिर्ता लिने निर्णय भएको छ’ सरकारका एक मन्त्रीले भने ।



    निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने उद्देश्यले राजनीतिक रुपमा सबै प्रकारका विवादित मुद्दा फिर्ता लिने निर्णय गरेको स्रोतले बतायो ।

    स्रोतका अनुसार सरकारले टीकापुर घटना सम्बन्धि मुद्दा खारेजी प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयलाई समेत निर्देशन दिइसकेको छ । नागरिक दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार