Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • एलिजावेथको अन्त्येष्टिमा सहभागी टोली पठाउने निर्णयसहित यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णयहरु

    एलिजावेथको अन्त्येष्टिमा सहभागी टोली पठाउने निर्णयसहित यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णयहरु

    अनलाइन नेपाल
  • आइतबार, २ असोज २०७९
  • 756
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले भदौ ३१ गते बसेको मन्त्रिपरिषदको बैठकका विभिन्न निर्णयहरु सार्वजनिक गरेको छ ।

    सरकारले सार्वजनिक संस्था सुझाव समिति गठन अवधारणा पत्र २०७९ स्वीकृत गर्ने र संस्थान सुझावसम्बन्धी समिति गठन गर्ने निर्णय गरेको छ ।



    सरकारले कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण आयोजनाका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउन अधिकारी तोक्ने निर्णय गरेको छ ।



    त्यस्तै, बैठकले बेलायतकी महारानी एलिजावेथको यही १९ सेप्टेम्बरमा हुने अन्त्येष्टिमा सहभागीताका लागि नेपालका तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का नेतृत्वको टोली पठाउने निर्णय गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार