Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • यस्ता छन् मन्त्रिपरिषद बैठकले गरेका आठ निर्णयहरु

    यस्ता छन् मन्त्रिपरिषद बैठकले गरेका आठ निर्णयहरु

    अनलाइन नेपाल
  • बिहिबार, २१ असार २०८०
  • 804
    SHARES

    काठमाडौं । सरकारले भन्सार तथा लजिस्टिक्स सुधारअन्तर्गत एसियाली विकास बैंकबाट बजेटरी सहायताबाट प्राप्त हुने ५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

    असार १९ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णयसहित आठवटा निर्णय गरेको सूचना प्रविधि तथा सञ्चारमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।



    त्यस्तै, सरकारले एमसीए–नेपालले निर्माण गर्ने विद्युत् प्रशारण लाइन तथा सबस्टेसनका लागि सिन्धुपाल्चोक, पाल्पा, नवलपरासी (बर्दघाट सुस्तापूर्व) का जिल्लाका जग्गा प्रदान गर्न स्वीकृति दिने निर्णय गरेको छ ।



    यस्तै बैठकले निजामती सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा घनश्याम उपाध्यायलाई बढुवा गर्ने तथा नेपाल न्याय सेवा, कानून समूहको राजपत्राङ्कित प्रथम श्रेणीका सात अधिकृतको सरुवा गर्ने निर्णय गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार