Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सेनाले दशैंमा घर जान नि:शुल्क बस र हवाई सुविधा दिने

    सेनाले दशैंमा घर जान नि:शुल्क बस र हवाई सुविधा दिने

    अनलाइन नेपाल
  • आइतबार, २ असोज २०७९
  • 819
    SHARES

    काठमाडौं । दशैंलाई लक्षित गर्दै नेपाली सेनाले नि:शुल्क बस र हवाई सेवा सञ्चालनमा ल्याएको छ।

    दशैंमा घर जाने बहालवाला सेना तथा उनीहरुका परिवारलाई लक्षित गर्दै सेनाले नि:शुल्क बस र हवाई सेवा सञ्चालनमा ल्याएको हो।



    सडक सञ्जाल पुगेका स्थानहरुसम्म बसमार्फत् नि:शुल्क सेवा दिने र सडक सञ्जाल नभएका ठाउँहरुमा हवाई सेवा दिने सैनिक मुख्यालय जंगी अड्डाले जनाएको छ।



    भदौ २९ गतेदेखि सुरु गरिएको हवाई सेवामार्फत् अहिलेसम्म १३४ जनालाई गन्तव्यमा पुर्‍याइएको सेनाले जनाएको छ।

    बस सेवा भने असोज ४ गतेबाट सञ्चालनमा ल्याइने छ।

    सैनिक कल्याणकारी सेवा अन्तर्गत यो सुविधा उपलब्ध गराइएको सेनाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार