Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • वनमा लागेको डढेलो निभाउने क्रममा चार सैनिक घाइते

    वनमा लागेको डढेलो निभाउने क्रममा चार सैनिक घाइते

    अनलाइन नेपाल
  • सोमबार, २६ चैत्र २०८०
  • 594
    SHARES

    डोल्पा । डढेलो निभाउने क्रममा ४ जना नेपाली सेना घाइते भएका छन् ।

    डोल्पाको ठूलीभेरी नगरपालिका–३ मा रहेको मष्टाभवानी सामुदयिक वनमा लागेको डढेलो नियन्त्रणमा लिने क्रममा ४ जना घाइते भएका हुन् ।



    आइतबार दिउँसोदेखि वनमा लागेको आगो अत्याधिक हावाहुरीका कारण नियन्त्रणभन्दा बाहिर गएको थियो ।



    हावाहुरीका कारण सोमबार दिउँसो फेरि सुरु भएको आगलागी नियन्त्रण गर्न गएका देवीदत्त गुल्मका ४ जना सेना आगो निभाउने क्रममा घाइते भएका हुन् ।

    घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको डोल्पा प्रहरीले जनाएको छ ।

    आगलागीमा परि घाइते हुनेमा ३० वर्षीय विजय कोईराला, ३८ वर्षीय केसर बहादुर दर्जा मगर, २३ वर्षीय अशिस बुढा र २८ वर्षीय हेमन्त रावत रहेका छन् ।

    घाइते भएकाहरुको उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार