Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • वीर अस्पताल क्षेत्रका अनधिकृत संरचनामाथि महानगरले चलायो डोजर

    वीर अस्पताल क्षेत्रका अनधिकृत संरचनामाथि महानगरले चलायो डोजर

    अनलाइन नेपाल
  • बिहिबार, ६ असोज २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरले वीर अस्पताल अगाडि रहेका टहरा (औषधि पसल) हटाउन थालेको छ। बिहीबार महानगरले ती टहरामा ‘डोजर’ चलाएको छ।

    बुधबार महानगरपालिकाले सूचना जारी गर्दै २४ घण्टाभित्र पसल तथा टहरा हटाउन निर्देशन दिएको थियो।



    नक्सामा बगैँचा देखिएको ठाउँमा टहरा निर्माण गरी औषधि पसल सञ्चालन गरेको पाइएपछि महानगरपालिकाले त्यस्ता टहरा हटाउन सूचना जारी गरेको थियो।



    अस्पतालको भवनदेखि उत्तर तर्फ रहेका अनधिकृत संरचना हटाउन सूचित गरेपनि अटेर गरेपछि डोजर लगाएर हटाउन सुरु गरिएको महानगरले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार