Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • टुकुचा हराएको छैन भन्दै बालेनले लेखे यस्तो कविता

    टुकुचा हराएको छैन भन्दै बालेनले लेखे यस्तो कविता

    अनलाइन नेपाल
  • शुक्रबार, ७ असोज २०७९
  • 861
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले टुकुचाको बारेमा कविता लेखेका छन् । बिहिबार साँझ सामाजिक संजालमा टुकुचा हराएको छैन भन्दै कविता लेखेका हुन् ।

    उच्च अदालत पाटनले हात्तीसार क्षेत्रमा टुकुचा खोलामाथि बनेका संरचना तत्काल नभत्काउन आदेश दिएपछि बुधबार अदालतलाई प्रश्न गरेका बालेनले आज कविता शेयर गरेका हुन् ।



    उनको लेखेका छन्, ‘ऊ हराएको छैन, ऊ बगिरहन्छ, तिम्रो सास रहे सम्म, तिम्रो आस रहे सम्म, तिम्रो अर्थी सेलाईन्जेल , हाम्रो लाश बहे सम्म, निरन्तर , निर्बिरोध , निर्दोश यो धर्ति, आकाश रहे सम्म ।’



    टुकुचामाथि कानूनसम्मत निर्माण भएका भवन र १३० वर्ष इतिहास बोकेका टुकुचा छोप्ने गुम्बज आकारको डुँड भत्काएको लगायतका विषयमा काठमाडौं महानगरपालिका विरुद्ध बिहीबार एकै दिन अदालतले २२ वटा पत्र काटेको थियो ।

    उच्च अदालत पाटनले काम रोक्न आदेश दिँदै काटेका ती पत्रहरू हिजो महानगरपालिकामा बुझाएको छ । यसअघि पनि उच्च अदालत पाटनले ३ वटा मुद्दामा घर नभत्काउन अल्पकालीन आदेश दिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार