Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • खेलमा अनुशासित रुपमा प्रस्तुत हुन प्रधानसेनापति शर्माको निर्देशन

    खेलमा अनुशासित रुपमा प्रस्तुत हुन प्रधानसेनापति शर्माको निर्देशन

    अनलाइन नेपाल
  • शुक्रबार, ७ असोज २०७९
  • 690
    SHARES

    काठमाडौँ । प्रधानसेतापति प्रभुराम शर्माले त्रिभुवन आर्मी क्लबका प्रशिक्षक तथा खेलाडीलाई नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मर्यादित र अनुशासित रुपमा प्रस्तुत हुन निर्देशन दिएका छन् ।

    सैनिक मुख्यालय जंगी अड्डामा आज आयोजित कार्यक्रममा उनले बढीभन्दा बढी स्वर्ण पदक प्राप्त गर्दै क्लबलाई फेरि पनि टिम च्याम्पियन बनाउन शुभकामना पनि दिए ।



    उनले भने, ‘जुनसुकै प्रतिस्पर्धामा सहभागी हुँदा पनि सबैभन्दा पहिला म नेपाली सेनाको सदस्य हुँ र त्यसपछि मात्र खेलाडी हुँ भन्ने कुरालाई आत्मसात् गरौँ ।’



    उनले नेपाली सेनाको मर्यादित र अनुशासित सदस्यको उदाहरणका रुपमा प्रस्तुत हुनसमेत निर्देशन दिए ।

    पोखरामा यही असोज २८ देखि कातिक ३ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार