Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कांग्रेसले सातै प्रदेशका लागि छुट्टाछुट्टै घोषणापत्र बनाउने

    कांग्रेसले सातै प्रदेशका लागि छुट्टाछुट्टै घोषणापत्र बनाउने

    अनलाइन नेपाल
  • आइतबार, ९ असोज २०७९
  • 585
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले प्रदेश संरचना अन्तर्गत सातै प्रदेशका लागि छुट्टाछुट्टै निर्वाचन घोषणापत्र बनाउने भएको छ । कांग्रेसले मूल घोषणापत्रमा सार समेटेर प्रदेशका लागि भिन्नाभिन्नै घोषणापत्र बनाउन लागेको हो ।

    सात प्रदेशको घोषणापत्र बनाउनका लागि छ सह-महामन्त्री र एक केन्द्रीय सदस्यलाई समन्वय गर्न जिम्मेवार तोकिएको छ । केन्द्रीय घोषणापत्र तयारी समितिको बैठकले प्रदेशको समन्वय गर्ने गरि सात जनालाई जिम्मेवारी दिएको छ ।



    सहमहामन्त्रीहरुमा प्रदेश १ मा महालक्ष्मी उपाध्याय ‘डिना’, मधेसमा भीष्मराज आङ्दम्बे, बागमतीमा महेन्द्र यादव, गण्डकीमा बद्री पाण्डे, लुम्बिनी प्रदेशमा जीवन परियार, कर्णालीमा फरमुल्लाह मन्सुरलाई जिम्मेवारी दिइएको छ ।



    सुदूरपश्चिमका लागि केन्द्रीय सदस्य मीन विश्वकर्मालाई तोकिएको छ । प्रदेश सभापतिलाई घोषणापत्र तयार गर्नका लागि संयोजक र सदस्य मनोनित गर्ने अधिकार दिइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार