Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • अमेरिकी सहायक विदेशमन्त्री ट्रुडो काठमाडौंमा

    अमेरिकी सहायक विदेशमन्त्री ट्रुडो काठमाडौंमा

    अनलाइन नेपाल
  • बुधबार, १२ असोज २०७९
  • 753
    SHARES

    काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रुडो काठमाडौं आइपुगेकी छन् । अमेरिकी विदेश मन्त्रालयको विश्वव्यापी सार्वजनिक मामिला हेर्ने सहायक विदेशमन्त्री ट्रुडो नेपाल भ्रमणमा आएकी हुन् ।

    अमेरिकी विदेश मन्त्रालयका अनुसार ट्रुडोले नेपालमा दुष्प्रचारविरुद्ध विभिन्न कार्यक्रममा सहभागी हुनेछिन् ।



    अमेरिकाले अफगानिस्तानमा सामाजिक समता, मिडिया फ्रिडम र जलवायुका विषयमा गरेको सहयोगलाई चीन र रुसले दुष्प्रचार फैलाएको आरोप लगाएको छ ।



    नेपाल भ्रमणका क्रममा सहायक विदेशमन्त्री ट्रुडोले भ्रमपूर्ण समाचार र लोकतन्त्रमा सञ्चार माध्यमको भूमिकाबारे ‘राउन्ड टेबल’ अन्तरक्रिया गर्ने बताइएको छ ।

    नेपालपछि ट्रुडो यूएई, उज्बेकिस्तान र किर्गिस्तानको भ्रमणमा निस्किने कार्यतालिका रहेको छ । १२ दिने भ्रमणका लागि बुधबार काठमाडौं आइपुग्ने भएकी हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार