Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • गोकर्ण विष्ट र रामकुमारी झाँक्रीद्वारा गुल्मी–२ मा उम्मेदवारी दर्ता

    गोकर्ण विष्ट र रामकुमारी झाँक्रीद्वारा गुल्मी–२ मा उम्मेदवारी दर्ता

    अनलाइन नेपाल
  • आइतबार, २३ असोज २०७९
  • 1.8K
    SHARES

    गुल्मी । गुल्मी क्षेत्र नम्बर–२ मा नेकपा एमालेबाट गोकर्ण विष्ट र नेकपा एकीकृत समाजवादी पार्टीबाट रामकुमारी झाँक्रीले उम्मेदवारी दर्ता गराएका छन् ।

    आइतवार दिउँसो निर्वाचन अधिकृतको कार्यालयमा पुगेर विष्ट र झाँक्रीले उम्मेदवारी दर्ता गराएका हुन् ।



    २०५६ को चुनावदेखि गुल्मी-२ बाट एमालेको उम्मेदवार बन्दै आएका विष्टले २०६४ को संविधान सभा चुनावबाहेक तीन वटै चुनाव जितेका थिए ।



    झाँक्री भने पहिलो पटक चुनावी मैदान छिन् । यस्तै एमालेबाट प्रदेश सभाका लागि गुल्मी-२ (क) बाट डिल्लीराज भुसाल र (ख) बाट दिनेश पन्थीले मनोनयन दर्ता गराएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार