Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • बुधबार ११ अंकले बढ्यो नेप्से सूचक, ७० करोडको सेयर कारोबार

    बुधबार ११ अंकले बढ्यो नेप्से सूचक, ७० करोडको सेयर कारोबार

    अनलाइन नेपाल
  • बुधबार, २६ असोज २०७९
  • 696
    SHARES

    काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । बुधबार बजार परिसूचक नेप्से ११.३६ अंकले वृद्धि भएर १८६६.५२ अंकमा बन्द भएको छ । यस्तै ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि २.४८ अंकले वृद्धि भएर ३६६.११ अंकमा बनद भएको छ ।

    दशैं पछिको पहिलो कारोबार दिन आइतबार नै ४४ अंकको उच्च वृद्धि भएको नेप्से त्यसपछिको सोमबार र मंगलबार लगातार दुई दिन घटेको नेप्सेमा बुधबार भने बढेर बन्द भएको छ । नेप्सेमा वृद्धि हुँदा उपसूचकहरुमा पनि म्युचुअल फण्ड र व्यापार बाहेक सबै बढेका छन् ।



    नेप्सेमा सुधार हुँदा बुधबार कारोबार रकम पनि वृद्धि भएको छ । मंगलबार ५५ करोडमा झरेको कारोबार रकम बढेर करिब ७० करोड पुगेको हो । बुधबार बजारमा २० लाख ८५ हजार २८४ कित्ता सेयर किनबेच हुँदा ६९ करोड १७ लाख ३८ हजारको कारोबार भएको छ ।



    जसमध्ये नबिल बैंकको २ करोड ४० लाख १२ हजारको कारोबार हुँदा रिडी हाइड्रोपावरको २ करोड २ लाख ६४ हजार र एनआईसी एशिया लघुवित्तको संस्थापक सेयर १ करोड ८९ लाख ७७ हजारको किनबेच भएको छ । बुधबार बजारमा कुल १८५ कम्पनीको सेयर किनबेच भएकोमा १४० कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा ३९ कम्पनीको घटेको छ ।

    त्यस्तै ६ कम्पनीको सेयर मूल्य स्थिर छ । जसमध्ये अभियान लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा महुली लघुवित्तको सेयर मूल्य ५.५१ प्रतिशत र प्रोग्रसिभ फाइनान्सको सेयर मूल्य ५.३५ प्रतिशतले वृद्धि भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार