Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • उत्कृष्ट ट्राफिक व्यवस्थापन गरेको भन्दै कैलाली ट्राफिक प्रमुख वकिल सम्मानित

    उत्कृष्ट ट्राफिक व्यवस्थापन गरेको भन्दै कैलाली ट्राफिक प्रमुख वकिल सम्मानित

    अनलाइन नेपाल
  • सोमबार, ३१ असोज २०७९
  • 918
    SHARES

    कैलाली । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक वकिल बहादुर सिंह सम्मानित भएका छन् । ६७औं प्रहरी दिवसका अवसरमा सोमबार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा आयोजित समारोहमा प्रहरी निरीक्षक सिंह सम्मानित भएका हुन् ।

    उत्कृष्ट ट्राफिक व्यवस्थापन गरेबापत उनलाई सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री डा. रण बहादुर रावलले सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् । उनले कैलालीको ट्राफिक व्यवस्थापन महत्वपूर्ण कार्य गरेका छन् ।



    उनले ट्राफिक जनचेतनामुलक कार्यक्रम, सडक सुरक्षा, कार्यालय व्यवस्थापन समेतमा अग्रसर रही सरोकारवाला निकायहरु (स्थानिय निकाय, व्यवसायी, चालक, यात्रुवर्ग तथा अन्य) संग आवश्यक समन्वय तथा सहकार्य गर्ने कार्यमा उल्लेखनिय योगदान पुर्‍याएका छन् ।



    यस्तै सडक सुरक्षा एवं सुरक्षित यात्रामा यात्रुवर्गहरुलाई जनचेतनामुलक सन्देश प्रवाहमा उनको महत्वपुर्ण योगदान छ । साथै कैलाली जिल्ला धनगढी उप-महानगरपालिका वडा नम्बर ३ चटकपुर स्थित सडकमा अव्यवस्थित रुपमा पार्किङ्ग गर्दै आएका नेपाल आयल निगमका ट्याङ्करहरुलाई हटाउन लगाई पार्किङ्गको लागि व्यवस्थापन उनले गरेका थिए ।

    यसैगरी रिफ्रेस सेन्टरको संचालन, चोरी पैठारी भई संचालनमा रहेका मोटरसाईकल र कार नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय उनले पठाएका थिए ।

    यस्तै लेन अनुशासनको पालना, ट्राफिक आइलेण्ड स्थापना, ह्वील लकको प्रयोग लगायत अटो रिक्साहरुमा दाहिने तर्फ फलामको डण्डी राख्न लगाउन, स्वरुप परिवर्तन, नम्वर प्लेट नराखेका सवारी साधनहरुलाई कारवाही तथा अटो ई-रिक्साहरुमा निर्माणका सामाग्री बोक्ने जस्ता कार्यलाई निरुत्साहित लगायतका कार्य प्रहरी निरीक्षक सिंहले गरेका छन् ।

    यस्तै सार्वजनिक यातायातको क्षेत्रलाई लक्षित गरेर केही हप्ता अगाडि मात्रै उनले सुदूरपश्चिम प्रदेशमै पहिलोपटक कैलालीमा लापसे (लागू पदार्थ सेवन) सम्बन्धी चेकजाँचसमेत सुरु गरेका छन् । २०७८ साल मंसिर ८ गते प्रहरी निरीक्षक सिंहले जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको कमाण्ड सम्हालेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार