Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • युगान्डामा इबोलाबाट मृत्यु हुनेको सङ्ख्या २४ पुग्यो

    युगान्डामा इबोलाबाट मृत्यु हुनेको सङ्ख्या २४ पुग्यो

    अनलाइन नेपाल
  • बुधबार, २ कार्तिक २०७९
  • 504
    SHARES

    फाइल तस्विर

    एजेन्सी । युगान्डामा इबोला भाइरसबाट ज्यान गुमाउनेको संख्या २४ पुगेको छ ।

    त्यहाँको स्वास्थ्य मन्त्रालयले इबोलाका कारण पछिल्लो चार दिनमा थप पाँच जनाले ज्यान गुमाएका पुष्टि गरेको छ ।



    योसँगै युगान्डामा इबोलाका कारण २४ जनाले ज्यान गुमाएका छन् । पछिल्लो पटक सङ्क्रमणका दुई नयाँ घटना दर्ता भएपछि सङ्क्रमितको संख्या ६० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



    सङ्क्रमण नियन्त्रणका लागि मुबेन्दे र छिमेकी कसण्डा जिल्लामा २१ दिनदेखि लकडाउन र रातमा कर्फ्यु लगाइएको छ । सरकारले राजधानी कम्पाला सहरलाई पनि सम्भावित उच्च जोखिममा राखेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार