Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • मैत्रीपूर्ण क्रिकेटमा नेपाली महिला टोली विजयी

    मैत्रीपूर्ण क्रिकेटमा नेपाली महिला टोली विजयी

    अनलाइन नेपाल
  • शुक्रबार, ११ कार्तिक २०७९
  • 741
    SHARES

    काठमाडौं । नेपाली महिला क्रिकेट टोली सम्मिलित नेपाल क्रिकेट संघ (क्यान–११) ले नेपाल भ्रमणमा रहेको बेलायतको मेरिलेबोन क्रिकेट क्लब(एमसीसी)लाई मैत्रीपूर्ण खेलमा पराजित गरेको छ ।

    पोखरा रंगशालास्थित क्रिकेट मैदानमा शुक्रवार भएको खेलमा नेपाली टोलीका कप्तान रुबिना क्षत्रीले ह्याट्रिकसहित पाँच विकेट लिएपछि नेपाली टोली १९ रनले विजयी भएको हो ।



    खेलमा टस जितेर शुरुआतमा ब्याटिङ गरेको क्यान–११ ले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाउँदै ९९ रन जोडेको थियो । क्यान–११ का नेरी थापाले ३१ बलमा दुई चौकासहित सर्वाधिक १८ रन बनाएका थिए ।



    खेलमा जितका लागि एक सय रनको विजयी लक्ष्य पछ्याएको एमसीसी १९ ओभरको पाचौँ बलमा सबै विकेट गुमाएर ८० रन मात्र बनाउन सफल भयो ।

    एमसीसीका लागि एलिसा हुबर्डले २८ बलमा सर्वाधिक २० रन बनाउँदै अविजित रहे । एमसीसीका लागि अन्तिम ओभरमा जितको लागि २० रनको खाँचो थियो । अन्तिम ओभर बलिङ गरेकी रुबिनाले अन्तिम पाँच बलमा चार विकेट लिन सफल भइन् ।

    रुबिनाले दोस्रो, तेस्रो, चौथो बलमा विकेट लिँदै ह्याट्रिक पूरा गर्दा पाँचौ बलमा समेत विकेट लिएपछि एमसीसी नेपाली टोलीसँग पराजित हुन पुग्यो । खेलमा ‘प्लेयर अफ दि म्याच’ घोषित नेपाली टोलीका कप्तान क्षेत्रीलाई पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले पुरस्कार वितरण गरेका थिए ।

    नेपाल भ्रमणमा रहेको एमसीसीले पोखरामा दुई ‘टी–२०’ र दुई ‘एक दिवसीय’ खेल खेल्ने छ । शनिवार एकदिवसीय खेल खेल्ने तालिका रहेको कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार