Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • निर्वाचन आयोगको निर्णयविरुद्ध तोसिमाले दिईन् सर्वोच्चमा रिट

    निर्वाचन आयोगको निर्णयविरुद्ध तोसिमाले दिईन् सर्वोच्चमा रिट

    अनलाइन नेपाल
  • सोमबार, १४ कार्तिक २०७९
  • 2.1K
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सदस्य डा. तोसिमा कार्कीले आफ्नो उमेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् ।

    ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यमा उमेदवारी दिएकी कार्कीले आफ्नो उमेद्वारी खारेज भएपछि सर्वोच्चमा रिट दायर गरेकी हुन् ।



    मेडिकल काउन्सिलको निर्वाचित पदमा कार्यरत रहेको भन्दै आयोगले उमेदवारी खारेज गरेको थियो ।



    सोमबार समर्थकसहित सर्वोच्च पुगेर आयोगको निर्णय पक्षपात पूर्ण भएको भन्दै उनले रिट दर्ता गरेकी हुन् ।

    प्रारम्भीक सुनुवाइका लागि मंगलबारलाई पेसी तोकिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार