Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • नेपाली मूलकी सह्राना श्रेष्ठ न्युयोर्क राज्य विधानसभाको सदस्यमा निर्वाचित

    नेपाली मूलकी सह्राना श्रेष्ठ न्युयोर्क राज्य विधानसभाको सदस्यमा निर्वाचित

    अनलाइन नेपाल
  • बुधबार, २३ कार्तिक २०७९
  • 726
    SHARES

    काठमाडौं । विश्वकै सम्राट राज्य न्यूयोर्क राज्यबाट नेपाली मूलकी सराहना श्रेष्ठ डेमोक्रयाटको तर्फबाट राज्य विधानसभा सदस्यमा निर्वाचित भएकी छिन ।

    श्रेष्ठ न्युयोर्क राज्य विधानसभा सदस्यको उम्मेदवार बनेकी थिइन् । डेमोक्रयाट उम्मेदवार उनी विजय भएसँगै इतिहास रच्न सफल भएकी छन् ।



    उनी अमेरिकामा राज्यस्तरीय विधान सभा सदस्य अर्थात् सांसदमा विजयी हुने दोस्रो नेपाली मुलकी अमेरिकी भएकी छन् । तर महिलाहरूको तर्फबाट भने उनी पहिलो बनेकी छन् ।



    उनले सम्पन्न मतपरिणाममा उनले ३५ हजार ४९३ मत पाइन् । नोभेम्बर ८ का दिन भएको विधान सभा सदस्यको दौडमा उनले रिपब्लिकनका प्याट्रिक शेहनलाई हराएकी हुन् ।

    उनको क्षेत्र १०३ औँ हो भने उनले विधानसभा डेमोक्र्याटिक प्राथमिक निर्वाचनमा १३ कार्यकालसम्म विजयी भएकी केभिन काहिललाई पराजित गरेकी थिइन् । श्रेष्ठ पहिलो पुस्ताकी नेपाली–अमेरिकी हुन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार