Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • न्यूयोर्कको मेट्रो स्टेसनमा गोली चल्दा १६ जना घाइते , अभियुक्तको हुलिया जारी

    न्यूयोर्कको मेट्रो स्टेसनमा गोली चल्दा १६ जना घाइते , अभियुक्तको हुलिया जारी

    अनलाइन नेपाल
  • मंगलबार, २९ चैत्र २०७८
  • 1.2K
    SHARES

    तस्बिर : रोयटर्स

    एजेन्सी। अमेरिकाको न्यूयोर्कको ब्रुकलिनमा रहेको मेट्रो स्टेसनमा भएको गोलीकाण्डमा कम्तीमा १६ जना घाइते भएका छन् ।

    स्थानीय सञ्चारमाध्यमका अनुसार मंगलबार स्थानीय समय अनुसार बिहान ८ः३० बजे सनसेट पार्कको ३६औं स्ट्रीट स्टेशनमा गोली चलेको थियो ।



    घटनास्थलका तस्बिरहरूमा यात्रुहरू स्टेशनको भुइँमा रगतको पोखरीमा लतपतिएको देखाइएको छ।



    संदिग्ध आक्रमणकारीको खोजी भइरहेको छ ।   आक्रमणकारीको मनसाय के थियो भन्ने अझै खुल्न सकेको छैन ।

    एनबीसी न्यूजले प्रहरी स्रोतलाई उद्धृत गर्दै भनेको छ, ‘संदिग्ध आक्रमणकारीले बिहान भीडभाड गर्ने समय हुँदा धुवाँ बम प्रहार गरेको थियो। यसबाहेक धुवाँ र भागदौडका कारण पनि मानिस घाइते भएका छन् ।’ आरोपीको हुलिया जारी गरिएको छ ।

    न्यूयोर्क शहरका मेयर एरिक एडम्सका प्रवक्ताले न्यु योर्कवासीहरूलाई ‘आफ्नो सुरक्षाको लागि यस क्षेत्रबाट टाढा रहन’ आग्रह गरेका छन्।

    प्रहरीले स्टेशन भित्र कुनै सक्रिय विस्फोटक पदार्थ नभेटिएको जनाएको छ । यद्यपि यसअघि त्यहाँ सक्रिय विस्फोटक पदार्थ फेला परेको खबर आएको थियो ।

    राष्ट्रपति जो बाइडेन र महान्यायाधिवक्ता मेरिक गारल्याण्डलाई घटनाबारे जानकारी गराइएको छ।

    पछिल्ला दुई वर्षमा अमेरिकाका धेरै सहरहरूमा बन्दुकबाट हुने हिंसामा उल्लेखनीय वृद्धि भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार