Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • राप्रपाको पक्षमा मत माग्दै मनिषा कोइराला, आज ३ वटा सभालाई सम्बोधन गर्ने

    राप्रपाको पक्षमा मत माग्दै मनिषा कोइराला, आज ३ वटा सभालाई सम्बोधन गर्ने

    अनलाइन नेपाल
  • शुक्रबार, २५ कार्तिक २०७९
  • 693
    SHARES

    काठमाडौं । बलिउडकी चर्चित अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पक्षमा खुलेकी छिन् । उनले बिहीबार सामाजिक सञ्जाल ट्वीटरमार्फत आफू राप्रपाको पक्षमा उभिने बताएकी हुन् ।

    ‘युवा, गतिशील र दूरदर्शी नेता राजेन्द्र लिङ्देन पाएको राष्ट्रिय प्रजातन्त्र पार्टीको पक्षमा चुनावी अभियानमा सहभागी हुन आफ्नो व्यस्त तालिकाबाट केही समय निकालेर घर फर्कदै छु,’ मनिषाले ट्वीटरमा लेखेकी छन् । उनले आज (२५ कात्तिक) ३ वटा चुनावी सभालाई सम्बोधन गर्ने भएकी छिन् ।



    राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका कास्कीको पोखरा, स्याङ्जाको वालिङ र काठमाडौंको बसन्तपुरमा हुने सभालाई सम्बोधन गर्दै छिन्। तीन वटै चुनावी सभालाई अध्यक्ष राजेन्द्र लिङ्देनले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको श्रेष्ठले बताएका छन् ।



    ‘म राजनीतिमा र मेरो राष्ट्रिय कर्तव्यप्रति बीपीबाट प्रेरित छु । देशलाई संरक्षकको रूपमा राजतन्त्र र लोकतान्त्रिक ढाँचामा जनताको सामाजिक आर्थिक उत्थानको ख्याल गर्ने जीवन्त राष्ट्रवादी पार्टीहरू चाहिन्छ,’ मनिषाले भनेकी छन् ।

    अभिनेत्री मनिषा नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाका जेठा छोरा प्रकाशकी छोरी हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार