Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • मतदाताका लागि सञ्चार माध्यम झन् बढी जिम्मेवार र भरोसायोग्य बन्नुपर्छ : अध्यक्ष बस्नेत

    मतदाताका लागि सञ्चार माध्यम झन् बढी जिम्मेवार र भरोसायोग्य बन्नुपर्छ : अध्यक्ष बस्नेत

    अनलाइन नेपाल
  • मंगलबार, २९ कार्तिक २०७९
  • 753
    SHARES

    काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले निर्वाचनका बेला मिडियाका विषयवस्तु सन्तुलित, तथ्यपूर्ण र विश्वसनीय हुनुपर्ने बताएका छन् ।

    उनले निर्वाचनका बेला मतदाताका लागि सञ्चार माध्यम झन् बढी जिम्मेवार र भरोसायोग्य बन्नुपर्ने बताएका हुन् । ‘यस्तो बेला मिडियाका विषयवस्तु सन्तुलित, तथ्यपूर्ण र विश्वसनीय हुनुपर्छ। पक्षधरता लिनै हुँदैन। जे हो त्यो प्रस्तुत गर्न सकेन भने मिडियालाई पत्याउँदैनन्’ अध्यक्ष बस्नेतले भने ।



    निश्चित विधि, प्रक्रिया र आधारबिनाको सर्वेक्षणले एउटा समाचार त बन्ला तर त्यो कतिको विश्वसनीय हुन्छ भन्ने प्रश्न चाहिँ उठिरहने उनको भनाई छ ।



    मिडियाप्रति आम नागरिकको भरोसा बढाउनकै लागि संयमित र सन्तुलित हुनु जरुरी रहेको अध्यक्ष बस्नेतले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार