Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • बलात्कारबाट बसेको गर्भ पतन गराउन सहयोग गर्ने पक्राउ, जबरजस्ती करणी गर्ने फरार

    बलात्कारबाट बसेको गर्भ पतन गराउन सहयोग गर्ने पक्राउ, जबरजस्ती करणी गर्ने फरार

    अनलाइन नेपाल
  • बुधबार, ३० कार्तिक २०७९
  • 636
    SHARES

    बारा । बारा बलात्कारबाट बसेको गर्भ असुरक्षित तवरले पतन गराउन सहयोग गर्ने एकजना पक्राउ परेका छन् ।

    जबरजस्ती करणी गरी गर्भपतन गराउन सहयोग गर्ने प्रसौनी गाँउपालिका–५, बेलहियाका २५ वर्षीय श्याम साह तेलीलाई प्रहरीले पक्राउ गरेको हो ।



    जिल्ला प्रहरी कार्यालय बाराका अनुसार १७ वर्षीय नाबालिकालाई ललाई फकाई पटक पटक जबरजस्ती करणी गर्ने व्यक्ति भने फरार रहेका छन् ।



    गर्भपतन गराउन सहयोग गर्ने तेलीलाई भने उनकै गाउँमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    गर्भवती नाबालिकालाई तेलीले ललाईफकाई गर्भपतन गराउन सहयोगी भूमिका खेलेको आरोप छ । घटनामा बारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार