Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • गर्भपतन गराउने औषधि खाँदा महिलाको मृत्यु, क्लिनिक सञ्चालक समातिए

    गर्भपतन गराउने औषधि खाँदा महिलाको मृत्यु, क्लिनिक सञ्चालक समातिए

    अनलाइन नेपाल
  • शुक्रबार, २६ साउन २०८०
  • 1.8K
    SHARES

    कैलाली । कैलालीमा गर्भपतन गराउने औषधि खाँदा अत्यधिक रक्तश्राव भएर एक महिलाको ज्यान गएको छ ।

    धनगढीस्थित अस्पताल लाइनको मेरी स्टोप सामुदायिक क्लिनिकबाट गर्भपतन गराउने औषधि किनेर खाएकी धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी ३५ वर्षीया प्रिती थापाको बिहीबार मृत्यु ज्यान गएको हो ।



    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार थापाले बिहीबार बिहान मेरी स्टोप सामुदायिक क्लिनिकबाट किनेर गर्भपतन गराउने औषधि खाएकी थिइन् ।



    औषधि खाएपछि रक्तश्राव भएपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएकोमा उनको त्यही उपचारका क्रममा मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ ।

    मृतकका आफन्तले क्लिनिकले जथाभावी औषधि दिएपछि महिलाको मृत्यु भएको आरोप लगाउँदै आन्दोलित भएका छन् । सो घटनापछि फरार भएका क्लिनिक सञ्चालक गोदावरी नगरपालिका–२ बस्ने २५ वर्षीय विनोद जोशीलाई प्रहरीले पक्राउ गरेर थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार