Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • यी हुन् एकीकृत समाजवादीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित १० नेता [सूचीसहित]

    यी हुन् एकीकृत समाजवादीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित १० नेता [सूचीसहित]

    अनलाइन नेपाल
  • शुक्रबार, ९ मंसिर २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा १० सिट जितेको छ ।

    एमालेबाट विभाजित भई बनेको नयाँ पार्टीले प्रतिनिधिसभामा १० सिटमा जित हात पारेको हो । अध्यक्ष माधवकुमार नेपालसहित १० जना उम्मेदवार विजयी भएका छन् । नेपाल रौतहट १ बाट निर्वाचित भएका हुन् ।



    त्यस्तै दैलेख-१ बाट अम्मरबहादुर थापा, सल्यान-१ बाट प्रकाश ज्वाला र श्रममन्त्रीसमेत रहेका शेरबहादुर कुँवर अछाम-१ बाट निर्वाचित भएका छन् ।



    त्यस्तै डोटीबाट प्रेमबहादुर आले, बझाङबाट भानुभक्त जोशी, बारा-४ बाट कृष्णकुमार श्रेष्ठ र वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे धादिङ-१ बाट विजयी भएका छन् ।

    त्यसैगरी दाङ-१ बाट सहरी विकासमन्त्रीसमेत रहेका मेटमणि चौधरी र डोल्पाबाट धनबहादुर बुढा निर्वाचित भएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार