Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • कक्षा १२ को ग्रेडवृद्धिको नतिजा सार्वजनिक

    कक्षा १२ को ग्रेडवृद्धिको नतिजा सार्वजनिक

    अनलाइन नेपाल
  • शुक्रबार, ९ मंसिर २०७९
  • 945
    SHARES

    काठमाडौं । कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

    राष्ट्रिय परीक्षा बोर्डले ग्रेडवृद्धि परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गरेको हो । नतिजा अनुसार ३४ हजार ६०९ जनाले नन ग्रेड पाएका छन् ।



    गत ३० र ३१ भदौमा सञ्चालन भएको कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा एक लाख २६ हजार ६५३ जना सहभागी परीक्षार्थी मध्ये ९२ हजार ४४ जनाले मात्र ग्रेड प्राप्त गर्न सकेका छन् ।



    बाँकी ६ जनाको परीक्षा रद्द भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

    परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षार्थीले नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, नेपाल टेलिको वेबसाइट अथवा १६०० मा एसएमएस गरेर हेर्न सक्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार