Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • विश्वकप फुटबल : पोल्यान्डसँग साउदी अरेबिया पराजित, लेवान्डोस्कीको पहिलो गोल

    विश्वकप फुटबल : पोल्यान्डसँग साउदी अरेबिया पराजित, लेवान्डोस्कीको पहिलो गोल

    अनलाइन नेपाल
  • शनिबार, १० मंसिर २०७९
  • 750
    SHARES

    एजेन्सी । विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज शनिवार भएको दोस्रो खेलमा पोल्यान्डले साउदी अरेबियालाई पराजित गरेको छ ।

    एजुकेशन सिटी स्टेडियममा भएको खेलमा पोल्यान्डले साउदी अरेबियालाई २–० गोलले पराजित गरेकने हो ।



    पोल्यान्डको जितमा खेलको ४० अ‍ौँ मिनेटमा पिटर जिलेन्स्की र ८२ औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गरे ।



    युरोपेली फुटबलमा प्रभावशाली फरवार्ड भए पनि विश्वकपमा भने लेवान्डोस्कीको यो पहिलो गोल हो। पोल्यान्डबाट एक सय ३६ खेलमा लेवान्डोस्कीले ७७ गोल गरेका छन् ।

    सन् २०१८ विश्वकपमा डेब्यू गरेका लेवान्डोस्कीको टिम चार वर्षअघि समूह चरणबाट बाहिरिएको थियो। समूह चरणका तीन खेलमा दुई गोल गरे पनि लेवान्डोस्कीको नाम स्कोर सिटमा थिएन।

    यो जितसँगै पोल्यान्ड २ खेलमा ४ अङ्कसहित समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ । साउदी अरेबिया तालिकाको दोस्रो स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार