Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • विश्वकप फुटबलमा बेल्जियम मोरक्कोसँग पराजित भएपछि राजधानी ब्रसेल्समा प्रदर्शन

    विश्वकप फुटबलमा बेल्जियम मोरक्कोसँग पराजित भएपछि राजधानी ब्रसेल्समा प्रदर्शन

    अनलाइन नेपाल
  • सोमबार, १२ मंसिर २०७९
  • 726
    SHARES

    काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा बेल्जियमले हार ब्यहोरेपछि समर्थकहरूले बेल्जियमकाे राजधानी ब्रसेल्समा ब्यापक प्रदर्शन गरेका छन् ।

    बेल्जियममा रहेका मोरोक्कोका समर्थकहरुले मोरोक्कोको झण्डासहित खुशियाली मनाएपछि आक्रोशित बेल्जियमका समर्थकहरुले राजधानी ब्रसेल्समा प्रदर्शन गरेका हुन् ।



    प्रर्दशनकारीहरूले पार्किङमा राखिएका कारहरूमा आगजनी गर्नुका साथै प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन कयौं सेल अश्रुग्याँस समेत प्रहार गर्नुका साथै लाठीचार्ज समेत गरेको छ । सोही क्रममा केही प्रर्दशनकारी घाइते भएका छन् भने केहीलाई प्रहरीले गिरफ्तार गरेको छ ।



    आइतबार सम्पन्न खेलमा मोरक्कोले बलियो मानिएको बेल्जियमलाई २-० गोल अन्तरले पराजित गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार