Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • मिडिया काउन्सिल मधेस प्रदेशका अध्यक्ष मृत फेला

    मिडिया काउन्सिल मधेस प्रदेशका अध्यक्ष मृत फेला

    अनलाइन नेपाल
  • शनिबार, १७ मंसिर २०७९
  • 735
    SHARES

    काठमाडौं । मधेस प्रदेश मिडिया काउन्सिलको अध्यक्ष शिवहरि भट्टराईको निधन भएको छ ।

    अध्यक्ष भट्टराई शुक्रबार नेपाल पत्रकार महासंघ सर्लाहीको साधारण सभामा पुगेका उनी आज बिहान होटलको कोठामा मृत भेटिएका हुन् ।



    उनी समयमा कार्यक्रम स्थलमा नआइपुग्दा खोजतलास गरिएको थियो । पछि उनी बसेको होटलको कोठा जाँदा भित्रबाट चुकुल लागेको र चुकुल तोडेपछि बेडमै लडेको अवस्थामा भेटिएका हुन् ।



    अध्यक्ष भट्टराईको मुखबाट रगत निस्किएको देखिएको छ । अन्दाजी ७० वर्षीय भट्टराई उच्च रक्तचापका रोगी थिए ।

    उनी लामो समयदेखि सप्तरीबाट पत्रकारिता गर्दै आएका थिए । पछि मधेस प्रदेश सरकारले उनलाई मधेस प्रदेशको मिडिया काउन्सिलको अध्यक्षमा नियुक्त गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार