Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • रोशनी–शरद मृत्यु प्रकरण : पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

    रोशनी–शरद मृत्यु प्रकरण : पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

    अनलाइन नेपाल
  • मंगलबार, २० मंसिर २०७९
  • 699
    SHARES

    दाङ । दाङ जिल्ला अदालतले रोशनी महतरा र शरद आचार्य मृत्यु प्रकरणमा संलग्न पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ । न्यायाधीश ताराकुमारी शर्माको इजलासले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

    तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ दमारगाउँका ३९ वर्षीय गणेश भनिने हरिशचन्द्र पौडेल, २८ वर्षीय नुमानन्द कार्की, ३१ वर्षीय खिमबहादुर बुढा, ४७ वर्षीय प्रकाश भनिने अम्मरराज कार्की पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।



    त्यस्तै विद्युतीय धराप थाप्न सिकाउने स्थानीय हरिबहादुर आचार्यलाई पनि अदालतले मतियारका रूपमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको जिल्ला अदालतका सूचना अधिकारी राजेन्द्र शर्माले जानकारी दिए ।



    प्रतिवादीको तर्फबाट वरिष्ठ अधिवक्ताद्वय डिल्लीराज धिताल र दीपककुमार रेग्मी तथा अधिवक्ताहरू प्रदीप गौतम र मधुसुदन गौतम लगायत पाँच जनाले बहस गरेका थिए।

    जाहेरीवालाको तर्फबाट वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई, अधिवक्ता सन्तोष पोखरेल र सरकारी वकिल जिल्ला न्यायाधीवक्ता देवराज भारतीले बहस गरेका थिए।

    गत असोज २७ गते राति उल्लिखित चार जनाले जंगली बँदेल मार्न थापेको विद्युतको धरापमा परेर रोशनी र शरदको एकै साथ ज्यान गएको थियो । उ

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार