Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • गृह मन्त्रालयको निर्देशन – निलम्बित प्रधानन्यायाधीश जबरा सर्वोच्च प्रवेश गर्न खोजे रोक्नू

    गृह मन्त्रालयको निर्देशन – निलम्बित प्रधानन्यायाधीश जबरा सर्वोच्च प्रवेश गर्न खोजे रोक्नू

    अनलाइन नेपाल
  • बुधबार, २१ मंसिर २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालतमा प्रवेश गर्न नदिन निर्देशन दिएको छ ।

    गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई यस्तो निर्देशन दिएको हो।



    जबरा बालुवाटारबाट आएर सर्वोच्चमा प्रवेश गर्न खोजे रोक्न भनी गृहको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले सर्वोच्च अदालत क्षेत्रमा तैनाथ सुरक्षाकर्मीलाई चोलेन्द्रलाई रोक्न सर्कुलर पठाएको छ ।



    संसद सचिवालयका महासचिव गौतमले निलम्बित प्रधानन्यायाधीश जबराको निलम्बन फुकुवाको पत्र पठाए लगत्तै कानुन व्यवसायीले त्यसको विरोधमा सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिने कार्य सुरु गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार