Online Nepal
  • मंगलबार, ६ चैत्र २०८०
  • नेपाल टी-२० लिगको नयाँ मिति सार्वजनिक, लिगमा काठमाडौं नाइट्स आवद्ध

    नेपाल टी-२० लिगको नयाँ मिति सार्वजनिक, लिगमा काठमाडौं नाइट्स आवद्ध

    अनलाइन नेपाल
  • बिहिबार, २२ मंसिर २०७९
  • 681
    SHARES

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी-२० लिगको पहिलो संस्करण डिसेम्बर २३ देखि सुरु गर्ने घोषणा गरेको छ ।

    यसअघि डिसेम्बर १२ देखि ३१ सम्म गर्ने मिति तोकिए पनि क्यानले बिहीबार नयाँ मिति सार्वजनिक गरेको हो ।



    यस्तै लिगमा ६ फ्रेन्चाइजले प्रतिस्पर्धा गर्नेछन् । क्यानका अनुसार काठमाडौं गोर्खाजले नाम फिर्ता लिएपछि उसको सट्टामा काठमाडौं नाइट्स भित्रिएको छ ।



    अन्य टिममा विराटनगर सुपर किंग्स, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स, लुम्बिनी अल स्टार र फार वेस्टर्न युनाइटेड छन् । लिगमा ३० जना विदेशी खेलाडीको सहभागिता रहने क्यानले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार