Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • एयर इण्डिया एक्सप्रेसको जहाजमा सर्प भेटिएपछि…

    एयर इण्डिया एक्सप्रेसको जहाजमा सर्प भेटिएपछि…

    अनलाइन नेपाल
  • आइतबार, २५ मंसिर २०७९
  • 693
    SHARES

    एजेन्सी । दुबईमा एयर इण्डिया एक्सप्रेसको जहाजभित्र सर्प भेटिएको छ। केरलाको कालोकटबाट शनिबार दुबई अवतरण गरेको बी ३७-८०० नम्बरको जहाजभित्र सर्प भेटिएको हो ।

    पछि यहाँको नागरिक उड्डयन महानिर्देशनालयले घटनाको छानबिन गर्न आदेश दिएको छ । विमानको सामान राख्ने स्थानमा सर्प भेटिएको थियो।



    विमानबाट सबै यात्रु सकुशल बाहिर निकालिएको थियो। नागरिक उड्डयन महानिर्देशनालयले जहाजभित्र सर्प भेटिएकोबारे जानकारी दिँदै सर्प निकाल्न एयरपोर्टको फायर सर्भिसलाई बोलाइएको थियो ।



    तर, एयर इन्डिया एक्सप्रेसले घटनाबारे केही जानकारी दिएको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार