Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • उडिरहेको जहाजभित्रै एक यात्रुकाे मृत्यु, तीन घण्टापछि जहाजलाई पुन: विमानस्थलमै फर्काइयो

    उडिरहेको जहाजभित्रै एक यात्रुकाे मृत्यु, तीन घण्टापछि जहाजलाई पुन: विमानस्थलमै फर्काइयो

    अनलाइन नेपाल
  • आइतबार, १९ मंसिर २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    एजेन्सी । भारतकाे नयाँ दिल्लीबाट अमेरिकाकाे नेवार्क सहरका लागि उडेकाे एयर इण्डियाको जहाज ३ घण्टापछि पुन: नयाँ दिल्ली नै फर्किएकाे छ ।

    भारतीय संचारमाध्यमहरुका अनुसार उडिरहेको जहाजभित्र रहेका एक यात्रु मृत भेटिएपछि आकाशबाटै विमान फर्किएकाे हाे ।



    दिल्ली विमानस्थल अवतरणपछि चिकित्सकहरुकाे एउटा समूह विमानभित्र पसेर उक्त व्यक्तिको परीक्षण गरेकाे थियाे ।



    सो समूहले तत्कालै ती व्यक्तिलाई मृत घाेषित गरेकाे थियाे ।

    समाचारका अनुसार मृत भएका व्यक्ति अमेरिकी नागरिक हुन्। उनलाई सोही जहाजमार्फत पुन: अमेरिका पठाइएको जनाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार