Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • विलियम्सनले छाडे न्युजिल्याण्डको टेष्ट कप्तानी

    विलियम्सनले छाडे न्युजिल्याण्डको टेष्ट कप्तानी

    अनलाइन नेपाल
  • बिहिबार, २९ मंसिर २०७९
  • 480
    SHARES

    एजेन्सी। केन विलयम्सनले न्युजिल्याण्डको टेष्ट टिमको कप्तानी छाडेका छन् ।

    ६ वर्षदेखि टेष्टको कप्तानी गर्दै आएका विलियम्सनले अब ब्याटिङ र सीमित ओभरको क्रिकेटमा ध्यान दिने भन्दै कप्तानी छाडेको घोषणा गरेका हुन् ।



    विलियम्सनले छाडेपछि फास्ट बलर टिम साउदी न्युजिल्याण्डको नयाँ टेष्ट कप्तान नियुक्त भएका छन् । अब न्युजिल्याण्डले टिमकै कप्तानी पाकिस्तान विरुद्ध खेल्नेछ ।



    २०२१ मा न्युजिल्याण्डलाई वर्ल्ड टेष्ट च्याम्पियनसिपको उपाधि जिताएका विलियम्सनले ओडिआई र टी–२० अन्तर्राष्ट्रियको कप्तानीलाई निरन्तरता दिनेछन् भने तीनवटै फरम्याट खेल्ने चाहना पनि राखेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार