Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • केन्द्रीय समिति बैठक बोलाउन कांग्रेसका दर्जन केन्द्रीय सदस्यको माग

    केन्द्रीय समिति बैठक बोलाउन कांग्रेसका दर्जन केन्द्रीय सदस्यको माग

    अनलाइन नेपाल
  • शुक्रबार, १ पुष २०७९
  • 636
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका करिब एक दर्जन केन्द्रीय सदस्यको बैठकले चाँडो केन्द्रीय समिति बैठक बोलाउन माग गरेको छ । चुनावी समीक्षा र संकटग्रस्त अर्थतन्त्रका लागि बैठक बोलाउन माग गरिएको हो ।

    ललितपुरको एक होटलमा आयोजित छलफलमा केन्द्रीय सदस्य मीन विश्वकर्मा, नैनसिंह महर, मदन अमात्य, योगेन्द्र चौधरी, भोजराज श्रेष्ठ, हरिकृष्ण नेपाली, नानू बास्तोला, सरस्वती अर्याल अबदुल मियाँलगायतको बैठक बसेको थियो ।



    प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको एक महिना भइसक्दा पनि कांग्रेसले चुनावी समीक्षासमेत गरेको छैन । केन्द्रीय सदस्यहरूले संस्थापन पक्षभित्र केही नेताहरूको मनोपोली चलेकोमा चिन्ता व्यक्त गरेका थिए ।



    संस्थापक पक्षभित्र भइरहेको पक्षपाती व्यवहारबारे सभापति शेरबहादुर देउवालाई भेटेर उनीहरूले ध्यानाकर्षण गराउने भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार