Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • फिफा विश्वकपमा फाइनल हारेपछि फ्रान्सका फ्यानहरु आक्रोशित

    फिफा विश्वकपमा फाइनल हारेपछि फ्रान्सका फ्यानहरु आक्रोशित

    अनलाइन नेपाल
  • सोमबार, ४ पुष २०७९
  • 699
    SHARES

    काठमाडौं । विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिनासँग पराजित भएपछि फ्रान्सका फ्यानहरु आक्रामक भएका छन् ।

    फाइनलमा हारपछि फ्रान्सको राजधानी पेरिसमा हजारौं समर्थकले दंगा सुरु गरेका थिए । उनीहरुले सवारीसाधन तोडफोड र आगजनी गरेका थिए । पेरिस बाहेक यो हिंसा अन्य धेरै शहरहरूमा फैलिएको थियो ।



    स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास छोड्नुपरेको थियो । पेरिसमा हजारौं प्रहरी तैनाथ गरिएको छ। लियोन, निसमा पनि हिंसात्मक घटनाहरू भएको प्रहरीले जनाएको छ । पेरिसको चर्चित च्याम्प्स एलिसिजमा पनि फ्यानहरू आपसमा भिडेका थिए ।



    फ्रान्सको जित हेर्न फ्रान्सेली सहरहरूमा लाखौं प्रशंसकहरू सार्वजनिक स्थानहरूमा भेला भएका थिए ।

    तर, अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भएपछि उनी हिंसक भएका थिए । आक्रोशित फ्यानहरुले प्रहरीसँग झडप समेत गरेका थिए । प्रहरीले सयौंलाई हिरासतमा राखिएको फ्रेन्च मिडियाहरुले उल्लेख गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार