Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • तपाईंको ‘मास्क खोइ’ अभियान फेरि सुरु

    तपाईंको ‘मास्क खोइ’ अभियान फेरि सुरु

    अनलाइन नेपाल
  • बिहिबार, १४ पुष २०७९
  • 894
    SHARES

    काठमाडौं । ट्राफिक प्रहरीले ‘तपाईंको मास्क खोइ ?’ अभियान फेरि सुरु गरेको छ ।

    कोभिड–१९ को सम्भावित जोखिमलाई ध्यान दिँदै नागरिकलाई सचेत गराउन ठाउँठाउँमा प्लेकार्ड र सचेनामूलक काम पुनः सञ्चालन गरिएको हो ।



    काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीहरू मास्क खोइ लेखिएका सचेतनामुलक प्ले कार्ड बोकी सडकमा खटिन थालेको उपत्यका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।



    काठमाडौं जिल्ला कार्यालय जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा स्थानीय तहले सार्वजनिक स्थान र सवारी साधनमा हिँड्नेलाई जनचेतना फैलाउनेसम्बन्धी छलफल भएको थियो ।

    ट्राफिक प्रहरीले सोही छलफलपछि मास्क प्रयोग भन्ने सन्देश दिइरहेको महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार