Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • विगतमा सभामुखबाट दल फुटाउने भूमिका भयो, अब त्यस्तो नहोस् : कृष्णगोपाल श्रेष्ठ

    विगतमा सभामुखबाट दल फुटाउने भूमिका भयो, अब त्यस्तो नहोस् : कृष्णगोपाल श्रेष्ठ

    अनलाइन नेपाल
  • शनिबार, ७ माघ २०७९
  • 549
    SHARES

    काठमाडौं । नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले नवनिर्वाचित सभामुख देवराज घिमिरेलाई निष्पक्ष ढंगले सभा सञ्चालन गर्न सुझाव दिएका छन् ।

    शनिवार उपसभामुख पदको निर्वाचनका लागि बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले यस्तो लबताएका हुन् । उनले सभामुख र उपसभामुखले आफ्नो गरिमामय पदको सम्मान स्वंय आफैले गर्नुपर्ने बताए ।



    उनले भने– ‘त्यो पदको गरिमा यहाँहरुकै भूमिकामा अगाडि बढ्छ । दलीय व्यवस्थामा दल बलियो हुनुपर्छ । तर सभामुख जस्तो गरिमामय पदमा बसेर कसैको दल फुटाउने भूमिका खेल्नु हुँदैन ।



    फुट्न लागेको दल छ भनेपनि अहिले भर्खर हाम्रो मतले सभामुख हुनुभएका सम्मानीय सभामुख महोदय त्यस्ता घटना भोलि पनि आउनसक्छ । त्यसमा कुनै राजनीतिक दलको स्वार्थमा सभामुख जानुभयो भने इतिहासमा त्यसलाई कालो रुपमा सम्झनेछौँ ।’

    उनले सभामुख राजनीतिक दल फुटाउन लाग्न नहुने सुझावपनि दिए । उनले विगतमा एमाले फुटाउनका लागि सभामुखको नै हात रहेको उल्लेख गर्दै नयाँ निर्वाचित सभामुखबाट त्यस्तो खालको गतिविधि नहुने विश्वास ब्यक्त गरे ।

    उनले गरिमामय पदबाट कसैको पार्टी फुटाउने भूमिका र कसैको पार्टीलाई कमजोर बनाउँने खालको भूमिका हुन नहुने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार