Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • गृहमन्त्रीलाई सांसद श्रेष्ठले सोधे – दुर्गा प्रसाईं जस्तै तपाईं पनि हतियारसहित हिँड्नुहुन्छ कि ?

    गृहमन्त्रीलाई सांसद श्रेष्ठले सोधे – दुर्गा प्रसाईं जस्तै तपाईं पनि हतियारसहित हिँड्नुहुन्छ कि ?

    अनलाइन नेपाल
  • बुधबार, १४ चैत्र २०८०
  • 486
    SHARES

    काठमाडौं । नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले दुर्गा प्रसाईंले जस्तै हतियार बोक्ने अरुपनि हुनसक्ने भन्दै छानबिन गर्न गृहमन्त्री रवि लामिछानेलाई आग्रह गरेका छन् ।

    बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद श्रेष्ठले यस्तो बताएका हुन् ।



    उनले गृहमन्त्री लामिछानेको सुरक्षाको लागि प्रसाईंको जस्तो हतियार छ कि छैन ? भनेर प्रश्न गरे।  बैठकमा बोल्दै सांसद श्रेष्ठले राज्यका उच्च पदस्थ व्यक्तिहरुको सुरक्षाको सम्बन्धमा प्रश्न गरे।



    सांसद श्रेष्ठले भने,‘एउटा नागरिकको सुरक्षाको लागि त्यो तहको हतियार बोक्नुपथ्र्यो कि पर्दैनथ्यो ? त्यति संख्याको गोलिगट्ठा बोक्नुपर्थ्यो कि पर्दैनथ्यो ? यो मुलुकको राष्ट्रपतिको सुरक्षामा हिड्ने सुरक्षाका अगुवा र पछुवाले कुन तहको हतियार बोक्छन् ? प्रधानमन्त्री, गृहमन्त्री हिड्दाखेरी अगाडि, पछाडि त्यो तहको हातहतियार र गोलिगट्ठासहित हिँड्ने गर्नुभएको छ कि छैन ? जवाफ दिनुपर्‍यो नि ।’

    उनले दुर्गा प्रसाईंजस्तो नागरिकले उच्च तहको हतियार बोकेर हिँड्ने गरेको भन्दै उनलाई त्यो तहको सुरक्षा आवश्यक थियो कि थिएन भनेर प्रश्न गरे ।

    उनले राष्ट्रपति, प्रधानमन्त्री र गृहमन्त्री त्यो तहको हतियार बोकेर हिँड्छन् हिँड्दैन भनेर प्रश्न गरे । सांसद श्रेष्ठले हतियार बोक्न अनुमति दिने अधिकारीको सम्बन्धमा पनि प्रश्न उठाएका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार