Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • काठमाडौं–९ मा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ विजयी

    काठमाडौं–९ मा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ विजयी

    अनलाइन नेपाल
  • मंगलबार, ६ मंसिर २०७९
  • 726
    SHARES

    काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ९ बाट नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन् ।

    योसँगै एमालेले प्रतिनिधिसभा सदस्यमा दोस्रो जित निकालेको छ । उनी १० हजार २० मतसहित विजयी भएका हुन् ।



    उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका टेक बहादुर पोखरेलले ८७२५ मत प्राप्त गरेका छन्।



    सत्ता गठबन्धनकी उम्मेदवार कल्पना धमलाले ५२७९ मत प्राप्त गरेकी छिन्। ०७४ को निर्वाचनमा पनि श्रेष्ठ यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार