Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित, विश्वासको मत लिने दिन अनिश्चित

    सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित, विश्वासको मत लिने दिन अनिश्चित

    अनलाइन नेपाल
  • बुधबार, ११ माघ २०७९
  • 402
    SHARES

    कैलाली । बुधबारका लागि बोलाइएको सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ ।

    प्रदेशसभा सचिवालयले मंगलबार प्रदेशसभा सदस्यहरुलाई अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी गराएको हो ।



    सुदूरपश्चिममा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको लिएका छैनन् । दल तथा सांसदहरुबीच समझदारी भएको भए बुधबार बस्ने भनिएको बैठकमा विश्वासको मत लिने तयारी मुख्यमन्त्रीको थियो ।



    तर निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीसँग अझै ठोस समझदारी भइनसकेकाले विश्वासको मत लिने दिन पनि अनिश्चित भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार