Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • सर्भरमा समस्या आउँदा रोकिएको अन्तर्राष्ट्रिय उडान दुई घण्टापछि सुचारु

    सर्भरमा समस्या आउँदा रोकिएको अन्तर्राष्ट्रिय उडान दुई घण्टापछि सुचारु

    अनलाइन नेपाल
  • शनिबार, १४ माघ २०७९
  • 489
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागको सर्भरमा समस्या हुँदा अवरूद्ध बनेको अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा आएको छ।

    विभागको ‘सर्भर डाउन’ हुँदा दुई घण्टा अवरुद्ध बनेको अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा आएको हो ।



    अहिले अन्तर्राष्ट्रिय उडान भइरहेको छ। अध्यागमनको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको थियो।



    केहीबेर अघि इण्डिगो एयरको जहाज भारतको नयाँदिल्ली उडेको छ भने फ्लाई दुबईको जहाज भर्खरै अवतरण गरेको छ।

    कतार एयरवेजको जहाज पनि अवतरणको तयारीमा छ। सबै सरकारी सर्भर डाउन भएकाले आजको समस्या आएको अध्यागमन विभागले बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार