Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • आजको मौसम : सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षाको सम्भावना

    आजको मौसम : सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षाको सम्भावना

    अनलाइन नेपाल
  • आइतबार, १५ माघ २०७९
  • 390
    SHARES

    फाइल तस्विर

    काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

    जसकारण देशको गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।



    आज दिउँसो सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।



    राति सुदुरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यी दुई प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार