Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • अमेरिकी उपमन्त्री नुल्यान्डले भनिन् – छिमेकीहरूसँग आर्थिक सहकार्य गर्नुहोस्

    अमेरिकी उपमन्त्री नुल्यान्डले भनिन् – छिमेकीहरूसँग आर्थिक सहकार्य गर्नुहोस्

    अनलाइन नेपाल
  • सोमबार, १६ माघ २०७९
  • 375
    SHARES

    काठमाडौं । नेपाललाई सबै छिमेकीहरूसँग आर्थिक सहकार्य गर्न अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्डले सुझाव दिएकी छन् ।

    दुई दिने नेपाल भ्रमणमा रहेकी उपविदेशमन्त्री नुल्यान्डले सोमबार ललितपुरस्थित पाटन दरबार स्क्वायरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएकी हुन् ।



    उनले नेपालले छिमेकी मुलुकहरूसँग आर्थिक सहकार्य गर्दा महत्त्वपूर्ण पक्षको रुपमा आफ्नो सार्वभौमसत्ता रक्षा गर्ने विषयमा ध्यान दिनुपर्ने बताइन् ।



    उनले अमेरिकाको भारतसँग साँच्चै बलियो सम्बन्ध रहेको बताउँदै नेपालको अर्को छिमेकी राष्ट्र चीनसँग पनि अमेरिकाको सम्बन्ध सुमधुर रुपमा अघि बढिरहेको उनले उल्लेख गरिन् ।

    उनले दुई ठूला छिमेकी मुलुकसँगको भूराजनीतिभन्दा पनि नेपालले आफ्नो हितका विषयमा सार्वभौम भएर निर्णय गरोस् भन्ने अमेरिकाको चाहना रहेको बताइन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार