Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • हिरासतबाटै थुनुवा फरार प्रकरण : तीनजना प्रहरी निलम्बित

    हिरासतबाटै थुनुवा फरार प्रकरण : तीनजना प्रहरी निलम्बित

    अनलाइन नेपाल
  • मंगलबार, १७ माघ २०७९
  • 1K
    SHARES

    धनुषा । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत कक्षको पर्खाल फोरेर ६ बन्दी भागेपछि तीन प्रहरी निलम्बित भएका छन् । मधेस प्रदेश प्रहरी कार्यालयले घटनामा लापरबाही गरेको भन्दै हिरासत व्यवस्थापन अधिकृतसहित तीनजना प्रहरी निलम्बन गरेको छ ।

    हिरासत अधिकृत प्रहरी असई अशोक मण्डल, वरिष्ठ प्रहरी हवल्दार सरोज रेग्मी र प्रहरी जवान रोहन मगरलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।



    थुनुवा कक्षको भौतिक पूर्वाधार कमजोर रहे पनि घटनामा प्रहरीको लापरबाही देखिएको बताइएको छ । घटना छानबिनका लागि जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयले छुट्टाछुट्टै समिति बनाएका छन् । यस्तै पर्खाल भत्काएर फरार भएका थुनुवाहरूमध्ये एकजना पुनः पक्राउ परेका छन् ।



    जिल्ला प्रहारी कार्यालय धनुषाका अनुसार महतोलाई धनुषाको मिथिला नगरपालिका–८ कुशुमविछौनास्थित आफन्तको घरमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको हो । प्रहरी हिरासतबाट फरार अन्य ५ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार