Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • भ्रष्टाचारको सूचकांकमा नेपाल ११०औं स्थानमा

    भ्रष्टाचारको सूचकांकमा नेपाल ११०औं स्थानमा

    अनलाइन नेपाल
  • मंगलबार, १७ माघ २०७९
  • 474
    SHARES

    काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशन (टीआई)ले भ्रष्टाचार अवधारणा सूचकाङ्क सार्वजनिक गरेको छ ।

    ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मङ्गलवार सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकाङ्क सीपीआई–२०२२ सार्वजनिक गरेको हो ।



    जसअनुसार डेनमार्क सूचकाङ्कमा सबैभन्दा धेरै ९० अङ्क पाएर सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक बनेको छ भने नेपाल जम्मा ३४ अङ्क पाएर भ्रष्टाचार हुने मुलुकको ११० औँ स्थानमा परेको छ ।



    यो वर्ष नेपाल गत वर्षभन्दा ७ स्थान तल झरेको छ । पछिल्लो २ वर्ष नेपाल ११७औँ स्थानमा थियो । गत वर्ष नेपालले ३३ अंक पाएको थियो । दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा भुटान परेको छ ।

    भुटानले ६८ अंक पाएर २५ औँ स्थानमा रहेको छ भने सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा अफगानिस्तान परेको छ । ट्रान्सपरेन्सी नेपालले विश्वका १८० देशहरूलाई समेटेर तयार गरेको प्रतिवेदनअनुसार ९० अंक सहित डेनमार्क कम भ्रष्टाचार हुने देशमा परेको छ ।

    सोमालिया १२अंक सहित सबैभन्दा धेरै भ्रष्टाचार हुने देशमा परेको छ । यो प्रतिवेदनमा ४० भन्दा कम अंक ल्याउने देशहरू अत्यधिक भ्रष्टाचार हुने देशअन्तर्गत पर्दछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार