Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्ट अस्वीकार गर्ने सरकारकाे निर्णय

    ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्ट अस्वीकार गर्ने सरकारकाे निर्णय

    अनलाइन नेपाल
  • आइतबार, १४ मंसिर २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । सरकारले ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचारसम्बन्धी प्रतिवेदनलाई अस्वीकार गर्ने निर्णय गरेकाे छ ।

    मन्त्रिपरिषद्को बैठककाे निर्णय सार्वजनिक गर्न आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेमलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्ट पूर्वाग्रह र भ्रामक रहेको भन्दै त्यसलाई नेपाल सरकारले अस्वीकार गर्ने जानकारी दिए ।



    पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले मिसनका आधारमा तयार गरिएको रिपोर्ट कुनै पनि हालतमा सरकारलाई मान्य नहुने स्पष्ट पारे ।



    सरकारले ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालमा आवद्ध व्यक्तिहरु राजनीतिक पूर्वाग्रह राख्ने व्यक्तिहरु भएकाले उनीहरुले बनाएको रिपोर्ट विश्वसनीय नै नहुने दावी गरेको छ ।

    रिपोर्टमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नै भ्रष्टाचारलाई प्रशय दिएको उल्लेख गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार