Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • आजको मौसम : पहाडी भेगमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो

    आजको मौसम : पहाडी भेगमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो

    अनलाइन नेपाल
  • आइतबार, २२ माघ २०७९
  • 390
    SHARES

    फाइल तस्विर

    काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसकारण हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही तराईका धेरै भु–भागहरुमा हुस्सु/कुहिरो लागेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश–१ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुनेछ ।



    वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।



    प्रदेश–१ को हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

    प्रदेश नम्बर १ का हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको र देशका तराईका भूभागमा लागेको हुस्सु/कुहिरोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने सम्भावना समेत रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार