Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • स्वदेश फर्किए भारतीय विदेश सचिव विनयमोहन

    स्वदेश फर्किए भारतीय विदेश सचिव विनयमोहन

    अनलाइन नेपाल
  • मंगलबार, २ फाल्गुन २०७९
  • 483
    SHARES

    काठमाडौं । दुईदिने नेपाल भ्रमण सकेर भारतीय विदेश सचिव विनयमोहन क्वात्रा स्वदेश फर्किएका छन् ।

    त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सोमबार ओर्लिएका भारतीय विदेश सचिव क्वात्रा मंगलबार साँझ स्वदेश फर्किएका हुन् । काठमाडौं ओर्लिनासाथ भेटघाटमा व्यस्त भएका क्वात्राले आज पनि राजनीतिक भेटघाटलाई तीव्रता दिएका थिए।



    पहिलो दिन राष्ट्रपति विद्यादेवी भण्डारीदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा‚ परराष्ट्रमन्त्री विमला राई पौड्यालसम्मलाई भेटेका थिए।



    उनले आज भारत फर्कनुअघि उपप्रधानमन्त्रीसमेत रहेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र अन्य दोस्रो तहका नेताहरूसँग भेटघाट गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार