Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • युक्रेनी राष्ट्रपति जेलेन्स्कीको चेतावनी – चीनले रूसलाई हतियार उपलब्ध गराए विश्वयुद्ध हुनसक्छ

    युक्रेनी राष्ट्रपति जेलेन्स्कीको चेतावनी – चीनले रूसलाई हतियार उपलब्ध गराए विश्वयुद्ध हुनसक्छ

    अनलाइन नेपाल
  • सोमबार, ८ फाल्गुन २०७९
  • 435
    SHARES

    एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले चीनले रूसलाई हातहतियार उपलब्ध गराएमा विश्वयुद्ध हुन सक्ने चेतावनी दिएका छन् ।

    सोमबार एक अखबारलाई अन्तर्वार्ता दिने क्रममा जेलेन्सकीले यस्तो चेतावनी दिएका हुन् । उनले रूसलाई हतियार उपलब्ध नगराउन चीनलाई सचेत गराए ।



    एक वर्षअघि सुरू भएको रूस-युक्रेन युद्ध जारी छ। यो युद्धमा चीनले रूसको सहयोग गरिरहेमा विश्व युद्ध हुनसक्ने भन्दै जेलेन्सकीले सचेत गराएका हुन् ।



    गत शनिबार अमेरिकी उच्च कूटनीतिज्ञले उनका चिनियाँ समकक्षीलाई युक्रेनसँगको युद्धमा बेइजिङले रूसलाई हतियार उपलब्ध नगराउन सचेत गराएका थिए ।

    अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रूसलाई हतियार र सरसामान उपलब्ध गराउँदाको नतिजा के हुनेछ भनेर चिनियाँ उच्च कूटनीतिज्ञ वाङ यीलाई सचेत गराएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार